काष्ठमाण्डप पुननिर्माणका लागि पाँच करोड


काठमाडौ, २७ असोज । काठमाडौँ महानगरपालिकाका काष्ठमाण्डप पुननिर्माणका लागि पाँच करोड रुपैयाँ हस्तान्तरण गरेको छ । मेयर विद्यासुन्दर शाक्यले काष्ठमाण्डप पुननिर्माण समितिलाई पाँच करोडको चेक हस्तान्तरण गर्दै भूकम्पले भत्किएको काष्ठमाण्डप पुननिर्माण महानगरपालिककै खर्चमा गर्ने बताएका छन् । हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमद्धारा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । शाक्यले काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई उक्त चेक हस्तान्तरण गरेका हुन् । काष्ठमाण्डप पुननिर्माणका लागि करिब १८ करोड लाग्ने भन्दै मेयर शाक्यले उक्त रकम कसैसँग पनि सहयोग नमाग्ने बताए । काष्ठमाण्डप पुननिर्माण तीन तलाको हुने काष्ठमाण्डप पुननिर्माण समितिले जानकारी दिएको छ । मेयर शाक्यले आगामी असार मसान्तासम्ममा कम्तीमा एक तला पुननिर्माण सम्पन्न गर्ने पनि दाबी गरे । काठमाडौँ हनुमानढोका दरबार क्षेत्र संघीय राजधानीमा रहेको ऐतिहासिक–सांस्कृतिक नगरी भएको र मुुलुककै सर्वाधिक सम्पदास्थलको सो क्षेत्रको संरक्षण गनु सबैको दायित्व भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्