घोषणापत्र अनुसार काम गर्न सरकार प्रतिबद्ध छ : नेता श्रेष्ठ


गोरखा, २७ असोज । नेपाल कम्युनष्टि पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकार पार्टीको घोषणापत्रअनुसार काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

आज गोरखाको सिरानचोक गाउँपालिका–४ मा सिरानचोक गाउँपार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले निर्वाचनका बेला जनतासँग गरेका सवै प्रतिबद्धता पूरा गर्न सरकार लागिपरेको भन्दै अहिले नै सरकारको आलोचना गर्ने बेला नभएको बताएका हुन्।

“सरकारसँग अहिले नै निरास हुनुपर्ने कुनै कारण छैन, हामीले गरेका सवै प्रतिबद्धता पुरा गर्छौ”, उनले भने, “हाम्रो पार्टीले घोषणपत्रमा वृद्धाभत्ता पाँच हजार बनाउने भनेकै हो, त्यो कुनैपनि हालतमा पाँच वर्षभित्रमा रु पाँच हजार बनाएरै छाड्छौ ।”

राजनीतिक परिवर्तनलाई संस्थागत गर्न वर्तमान सरकारले अहिले समाजिक न्यायसहितको समृद्धि मुलुक बनाउने कार्यभारलाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको बताउँदै नेता श्रेष्ठ अब विकास र समृद्धि कम्युननिष्ट

प्रतिक्रिया दिनुहोस्