दशैंमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा संचालन, कुन कुन स्थानबाट संचालन हुन्छ हेर्नुहोस


काठमाडौं, ३० असोज । दशैंको समयमा गन्तव्यसम्म पुग्न यात्रुलाई सहज बनाउन सशस्त्र प्रहरीले निःशुल्क बस सेवा संचालन गरेको छ । दशैको सातौं दिन मंगलबारवाट काठमाडौ लगाएतका सशस्त्रको गण र व्यारेक भएका क्षेत्रहरुमा यात्रुलाई ओसार पसार गर्न आफना वसहरु संचालन गरिएको जनाएको छ । काठमाडौ उपत्यकामा सशस्त्र प्रहरी बलको ४ वटा बस, पोखरामा एउटा निःशुल्क रुपमा संचालन भएको छ । काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवाको एउटा रुट कलंकीबाट छुटेर कालिमाटी, त्रिपुरेश्वर, माईतिघर, बानेश्वर, कोटेश्वर, ठिमी हुँदै सुर्यविनायक पुगी पुनः सोही रुटबाट कलंकीसम्म फिर्ता हुनेछ । बाँसबारीहुँदै बुढानिलकण्ठसम्म पुग्नेछ भने सोही रुट हुँदै लगनखेलसम्म पुग्ने सशस्त्र प्रहरी वलले जनाएको छ ।

यसैगरी अर्को बस स्वयम्भु हल्चोकबाट छुटेर कलंकीहुँदै बल्खु, सातदोबाटो, कोटेश्वर, गौशाला, चावहिल, सामाखुशी, बालाजुहुँदै चक्रपथ परिक्रमा गर्नेछ भने अर्को बस स्वयम्भु हल्चोकबाट छुटेर बालाजुहुँदै सामाखुशी, चावहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकी भएर चक्रपथ परिक्रमा गर्नेछ । काठमाडौं उपत्यकाभित्र संचालन भएका सो निःशुल्क बस बडादशैंको विदा अवधिभर बिहान ८ बजेदेखि बेलुका ६ बजे सम्म संचालन सशस्त्र प्रहरीले जनाएको छ । अम्मरसिंह चोकबाट छुटेर पृथ्वीचोक, विरौटा, डेविडफल्स, छोरेपाटन, लेकसाईड, हल्लनचोक, सृजनाचोक, न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपूलबाट बगरहुँदै फेरी महेन्द्रपूल पुगेर गण्डकी अञ्चल अस्पताल हुँदै अम्मरसिंह चोकमै पुग्नेछ ।

यसैगरी सशस्त्र प्रहरी बलले विरामीलाई सेवा प्रदान गर्न स्ट्याण्डवाई राखेको उक्त एम्बुलेन्सले यीनै ठाउँहरुबाट विरामीलाई पोखरास्थित अस्पताल पु¥याउन सेवा प्रदान गर्नेछ

सशस्त्र प्रहरी बलको बस दशैंको विदा अवधिभर यात्रुहरुको सहजतालाई ध्यानमा राखेर संचालन गरिने पनि सशस्त्र प्रहरी वलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्