सडक बालबालिकाको पुनस्थापना सरकारले गर्छ : मन्त्री विष्ट 


काठमाडौं, ६ कार्तिक । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालको संविधानले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण र विकासलाई मौलिक माहकको रुपामा व्यवस्था गरिसकेकोले त्यसको व्यवहारिक कार्यन्वयनमा सरकार लागेको बताएका छन् । सडकमा जीवन यापन गर्ने बालबालिकाको संरक्षण तथा उनीहरुको उपुक्त स्याहारका लागि सकारात्मक अभ्यासहरु” बिषयक अन्तर्राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मन्त्री विष्टले बालबालिका संम्बन्धि ऐन, कानुन निर्माण गरी सरकार त्यसको कार्यन्वयमा लागिसकेको बताएका हुन् ।

परिवार समाजमा अझै बालबालिकाको संरक्षण र हेरचाहमा अभिभावक र समुदायमा सचेतना ल्याउन जरुरी रहेको बताउँदै उनले भने, परिवारको माया र विशेष स्याहारको अभावमा कतिपय वालवालिका सडकमा आईपुकेका छन् उनिहरुको अभिभावक सरकार हो, अव उनीहरुको संरक्षण सरकारले गर्छ । उनले जोखिम पूर्ण अवस्थामा बाँच्न बाध्य बालबालिकाको समाजिक पुनस्र्थापन गर्न सरकार र विकास साझेदार संस्थाको हातेमालो हुनुपर्ने बताए ।
कार्यक्रममा नेपालका लागि भारतिय राजदुत मन्जीवन सिंह पुरी तथा नेपालका लागि फ्रान्सेली राजदुत फ्रंसोआ जाविये लेजेले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै सडक बालबालिकाको पुनस्र्थापनामा आफूले सहयोग पु¥याउने धारणा राखेका थिए ।

कार्यक्रममा बालअधिकार अभियान्ता गौरी प्रधानले अत्यन्त जोखिमपूर्ण अवस्थामा बाँच्न बाध्य सडक बालबालिकाको लागि कार्यरत विश्वका विभिन्न संस्थाको अनुभव नेपाली सडक बालबालिकाको सामाजिक पुनस्र्थापनमा महत्वपूर्ण हुनेछ । सन् २०२२ सम्ममा जोखिमपूर्ण श्रम क्षेत्रका बालबालिकाको उद्धार र पुनस्थापना पुरा गर्नको लागि कानुनका पूर्ण परिपालना र बालबालिकाका सम्बन्धी नियमावली तत्काल ल्याएर सरकारले विशेष अभियान सञ्चालन गर्न ढिलो गर्नु नहुने बताए ।

डाईवामो इन्टरनेश्नल र सिपिसियस इन्टरनेश्नलको आयोजनामा २४ देशका करिब ४५ भन्दा बढि स्ट्रिट फिल्ड वोर्करहरु र सो सम्बन्धि कार्यरत संस्थाका प्रतिनिधिहरुको सहभागितामा रहेको थियो । कार्यक्रममा विभिन्न संस्थाको संरक्षणमा बालबालिकाहरुले विभन्न नृत्य, गित प्रस्तुत गरेका थिए ।
हाल ५० भन्दा बढि देशका विभिन्न संस्थाहरुसँग संजाल निर्माण गरी बाल अधिकार मूलत सडक बालिकाको संरक्षणका कार्यरत डाईवामो इन्टरनेश्नले आगामि दिनहरुमा यसलाई विस्तार गर्दै जाने र सडक बालबाललिकाको समस्या समाधानमा विश्वभरी सक्रिय रहँदै आफ्ना राम्रा अनुभवहरुलाई आत्मसात गर्दै सडक बालबालिकाको सुन्दर भविश्यका लागि पर्ने डाईवामो इन्टरनेश्नलका डाइरेक्टर इड्विन डे बोएले बताए ।

प्रतिक्रिया दिनुहोस्