निर्वाचनका बेला गरिएको प्रतिवद्धता सरकारले पुरा गर्छ : मन्त्री पोखरेल


काठमाडौं, १८ कात्तिक । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले निर्वाचनका बेला गरिएको प्रतिवद्धताबाट सरकार एक रति पनि तलमाथी नहुने बताएका छन् । उनले निर्वाचनमा जादा सयुक्त रुपमा घोषणा गरिएका प्रतिवद्धता पुरा गर्नेतर्फ अग्रसर रहेको बताए ।
काठमाडौं महानगरपालिका वडा नम्वर २ ले विभिन्न चाडबाडको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमा बोल्दै उहाले चुनावी प्रतिवद्धता अनुसार नीति तथा कार्यक्रम र बजेट आएकाले त्यो पुरा भएर छाड्ने प्रतिवद्धता जनाए । ‘निर्वाचनका बेला गरिएका प्रतिवद्धताबाट हामी एक रति तलमाथी हुने छैनौं, त्यो प्रतिवद्धतामा कायम रहने छौ र पुरा गर्ने छौं’, उपप्रधानमन्त्री पोखरेलको भनाई छ ।

उहाले सरकारले लय मिलाएर काम गर्न खोज्दा केही ढिलो भएको जस्तो देखिएपनि जनतालाई निराश नहुन आग्रह गर्नुभयो । ‘हामी लय मिलाएर काम गर्न खोज्दैछौं, अहिले कतिपय कारणले राम्ररी लय नमिलिसकेको अवस्था छ ।’ उहाले अगाडी भन्नुभयो,‘त्यसका कारण हामीले चाहाना गरेको कुरा वा लक्ष्यहरु पुरा नभएका हुन सक्छन् ।’

स्थानीय सरकार र केन्द्र सरकारका विचमा रहेको केही विवादका कारण समस्या आईरहेको भन्दै केही समयपछि बन्ने कानुनले त्यसलाई हल गर्ने बताए । कानुन बनेपछि सरकारले पूर्णरुपमा गति लिने उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्