डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको ज्यान गयो


डोल्पा, १९ कात्तिक । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले जानकारी दिए ।
दुई जनाको जिवितै उद्दार गरिएको छ । उनीहरुको दुनै अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको डीएसपी विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्