प्रदेश दुईमा आजबाट पुन एसईई परीक्षा सुरु


काठमाडौ, २२ चैत । प्रदेश दुईमा आजबाट पुनः एसईई परीक्षा सुरु भएको छ । प्रदेश दुईमा परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि एसईई परीक्षा स्थगित गरिएको थियो । स्थगित गरिएको परीक्षा आजबाट फेरी सुचारु भएको छ । प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले रद्द र स्थगित गरेको एसईई परीक्षा अन्तर्गत आज विज्ञान विषयको फेरी भईरहेको छ । एसईईको फेरी शुरु भएको परीक्षा अन्तर्गत चैत २३ गते सामाजिक, २४ गते जनसङ्ख्या तथा वातावरण, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितिय, २७, २८ र २९ गते प्राविधिक तर्फका विषयहरुको परीक्षा हुने बोर्डले जनाएको छ । प्रदेश २ मा जम्मा २६३ परीक्षा केन्द्र छन् भने ७२ हजार ४९ परीक्षार्थी परीक्षामा भाग लिएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए । यसअघि विज्ञान र समाजिक विषयको परीक्षा पूर्व नै पश्नपत्र परीक्षा अगावै बाहिरिएपछि राष्ट्रिय परीक्षाबोर्डले दुवै विषयको परीक्षाका साथै अन्य बाँकी विषयका परीक्षाहरु समेत स्थगित गरेको थियो । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीले प्रश्नपत्र आउट प्रकरणमा दुई जना प्रहरी सहित ६ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्