आन्दोलन छाडेर काममा फर्कन चिकित्सकहरूलाई स्वास्थ्यमन्त्रीको आग्रह


काठमाडौं,२५ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आन्दोलनरत चिकित्सकलाई काममा फर्किन आग्रह गरेका छन्। पहिलो न्यूजसँग कुरा गर्दै उनले चिकित्सकका माग संघीय निजामती ऐनले समेटिसकेकाले जनतालाई दुःख दिन नपाइने बताए।

‘अरु कुनै महत्वपूर्ण कुरा छ भने त्यसलाई सरकारले सकरात्मक रूपमा लिन्छ’, उनले भने, ‘तर विभिन्न मागका नाममा बिरामीलाई दुःख दिन जरूरी छैन।’ समायोजनले चिकित्सकको वृत्तिविकासमा अवरोध सिर्जना हुन्छ, भन्ने भ्रम मात्र भएको उनको तर्क छ।

‘वृत्तिविकास सबैको हुन्छ, यसमा सरकारले कसैलाई पनि रोक्दैन’, उनले भने, ‘यो रोकेर कहाँ चिकित्सा प्रणाली चल्छ।’ आन्दोलन छाडेर जनताको सेवा र बिरामीको उपचारमा लाग्न उनले चिकित्सकलाई आग्रह गरे। चिकित्सकका समस्या सरकारले बुझेको भन्दै उनले चिकित्सकले मागभन्दा पनि सेवालाई आत्मसाथ गर्नुपर्ने धारणा राखे।

 

प्रतिक्रिया दिनुहोस्