हायात होटलमा सरकारी सम्पत्तिको लुट, चलखेलमा सत्तारुढ नेकपाका यी नेता सक्रिय


काठमाडौं, २७ चैत । तारागाउँ रिजेन्सी (हायात) होटलले सरकारी सम्पत्ति हिनामिना गरेको तथ्य लुकाउन राजनीतिक दाउपेज शुरू भएको छ ।

संसदीय समिति एवम् सरकारी छानविन समितिले तारागाउँ रिजेन्सी (हायात) होटलमा सरकारी सम्पत्ति हिनामिना गरेको प्रतिवदेन दिएपछि त्यसलाई तुहाउन राजनीतिक दाउपेज शुरू भएको हो ।

छानविन प्रतिवेदन चुहाउन पहिले नै चलखेल भए पनि त्यो सम्भव नभएपछि प्रतिवेदन कार्यान्वयन नगराउन राजनीतिक पहुँच प्रयोग गर्न थालिएको हो । यस कार्यका लागि सत्तारुढ नेकपाका नेताहरू नै परिचालित भएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार तारागाउँ रिजेन्सी (हायात) होटलको सल्लाहकार रहेका नेकपाका नेता एवम् पूर्वसामान्य प्रशासन राज्यमन्त्री जितु गौतम नेपालीले आफ्नो सूत्र प्रयोग गरिरहेको बताइएको छ ।

नेपालीले शुरूमा छानविन समितिलाई नै प्रभावित गर्न खोजेको भए पनि त्यो सफल नभएपछि प्रतिवेदनलाई रद्दीको टोकरीमा पुर्‍याउन प्रयास गरेको स्रोतको भनाइ छ । उल्लेख गरिएको छ । प्रतिवेदन लेखन गर्दै गर्दा नेता नेपालीले समितिका सदस्यहरूलाई प्रभावित गर्ने प्रयास गरेका थिए । यस विषयान नेता नेपालीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

नेपालीले आफूहरुलाई प्रभावित गर्न खोजेको तारागाउँ रिजेन्सी (हायात) होटलमा भएको अनियमितता बारेमा छानविन गर्न गठित संसदको अन्तर्राष्ट्रिय सम्बन्धन समितिका सदस्यहरुले पनि पुष्टि गरेका छन् ।

अग्नीप्रसाद सापकोटाको संयोजकत्वमा गठित समितिमा नारादमुनि राना, पुष्पा भूसाल, प्रेमप्रसाद तुलाचन र सानु सिवा सदस्य थिए । उक्त समितिले तारागाउँ रिजेन्सी (हायात) होटलमा सरकारी सम्पत्ति हिनामिना भएको ठहर गर्दै सो होटलसँग गरिएको सम्झौता रद्द गरी सरकारको सम्पत्ति फिर्ता ल्याउनुपर्नेसहित १४ बुँदे प्रतिवेदन बुझाएको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्