विचार र सिद्धान्त मिल्ने प्रगतिशील राजनीतिक शक्ति मिलेर राजतन्त्र फर्काउँछौँ : राप्रपा (संयुक्त)


काठमाडौंं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० विधिवत रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ । यसरी दर्ता भएको राप्रपा संयुक्तलाई निर्वाचन आयोगले राजनीनितीक दलको रुपमा मान्यता दिएको हो । सो पार्टीले बुधबार काठमाडौंमा समसामयीक राजनीतिक्रमको विषयमा पत्रकार सम्मेलन गरेर पार्टीको धारणा राखेको थियो । पत्रकार सम्मेनलमा अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीले राप्रपा ९संयुक्त० रुपमा मान्यता प्राप्त राजनीतिक दलको रुपमा राष्ट्रिय राजनीतिमा क्रियाशिल रहेको बताए । पार्टीको निर्वाचन चिन्ह ‘हलो’ भएको पनि सो अवसरमा जानकारी गराईएको थियो । कार्यक्रममा अध्यक्षद्वयले वैचारिक आधार राष्ट्रियता, प्रजातन्त्र र सम्र्वद्धनवादी उदारवाद र प्रगतिशील राजनीतिक शक्तिहरु बीचको वृहत् सहमतिमा साझा संस्थाको रुपमा राजसंस्थालाई ब्यूँताउने समेत बताए । उनिहरुले सरकारको कामकार्वाहीको समेत आलोचना गरेको छन्।

प्रतिक्रिया दिनुहोस्