महोत्तरीको बर्दिबासमा ग्लोबल आइएमई बैंकको शाखा


 महोत्तरी,२७ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रदेश नं. २ स्थित महोत्तरीको बर्दिवास नगरपालिका १मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

बर्दिवास शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १३६ पुगेको छ ।

महोत्तरी जिल्ला र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्