पार्टीको निर्देशन अनुसार सरकार चल्न सकेन:नेता सापकोटा


काठमाडौं, २७ चैत । नेकपाका स्थायी समिति सदस्य अग्नि प्रसाद सापकोटाले पार्टीको निर्देशन अनुसार सरकार चल्न नसकेको बताएका छन् । बुधबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै नेता सापकोटाले दलीय व्यवस्थामा दललाई सर्वोपरि भूमिकामा राख्नुपर्नेमा सरकार आफुखुशी चलेको गुनासो गरेका छन् । उनले दलको सर्वोपरि भूमिका र एकीकरणको आवश्यकतामा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल दुवैको ध्यान पुग्न नसकेको टिप्पणी गरे ।
सत्तारुढ दलभन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।
‘दलीय व्यवस्थामा दललाई सर्वोपरी भूमिकामा राख्नुपर्नेमा एकीकरण नै नटुंगिएपछि धेरै ठूलो नोक्सान भएको छ,’ उनले भने, ‘स्थानीय तह, प्रदेश सरकार, केन्द्रीय तह नै संचालन गर्न धेरै गाह्रो परेको छ, किन भने पार्टीको निर्देशनमा सरकार चल्नु पर्ने हो । यसमा अध्यक्षहरुकोे ध्यान पुगेको छैन ।’

प्रतिक्रिया दिनुहोस्