आर्थिक संकट: जेट एयरका सबै अन्तर्राष्ट्रिय उडान रद्द


काठमाडौं,२९ चैत । आर्थिक संकटमा फसेपछि जेट एयरवेजले सबै अन्तर्राष्ट्रिय उडानहरु रद्द गरेको छ । उडानहरु रद्द गर्नुको कारण पनि आर्थिक संकट नै रहेको एयरवेजले जनाएको छ ।

भारतीय मिडियाहरुका अनुसार यसका साथै जेट एयरवेजले अन्य १० विमानहरुलाई पनि सेवाबाट हटाएको छ । यसरी जेटले हालसम्म ७९ विमानहरुलाई सेवाबाट हटाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्