चाडपर्वलाई मितव्ययी बनाऔं: प्रधानमन्त्री ओली


काठमाडौं, २ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वलाई मितव्ययी ढंगले मनाउन पर्ने बताएका छन । सिरुवा पर्वको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपाली मौलिक चाडपर्वलाई मितव्ययी ढंगले मनाउनुपर्ने बताएका हुन् ।

’प्रधानमन्त्री ओलीले सिरुवा पर्व मनाउने समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्रीले सबै जातिका मौलिक परम्पराको संरक्षण गर्न सरकार सकारात्मक रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्