विप्लवको बमले पोखरामा एक सैनिक घाइते, थप उपचारका लागि काठमाडौँ ल्याइदैँ


कास्की,५ वैशाख। विप्लव नेतृत्वको नेकपाले राखेको बमका कारण पोखरामा एकजना सैनिक घाइते भएका छन । उनी बम डिस्पोज गर्ने क्रममा बिस्फोटमा परेर घाइते भएका हुन । प्रहरीका अनुसार पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद वस्तु विस्फोट पार्ने क्रममा बिहीबार बिहान सैनिक अमलदार धर्म थापा घाइते भएका हुन् ।नेपाली सेनाको बम डिस्पोजल टोलीका सदस्य बिम निष्क्रि पार्ने क्रममा विस्फोट हुँदा घाइते भएको प्रहरीले जनाएको छ । घाइते थापालाई प्राथमिक उपचारपछि एम्बुलेन्समार्फत काठमाडौं ल्याइदै छ । नेकपाले ठाउँठाउँमा बम राखेर जनजीवन आतंकित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्