आवस्यक कानुन बनाउन सरकार गम्भीर भएनः डा.भट्टराई


काठमाडौ, ९ वैशाख । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकारले गम्भीरता नदेखाएको बताएका छन।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्धलाई व्यवस्थित बनाउन सरकारले प्रस्ताव गरेको राष्ट्रिय समन्वय परिषद र प्रदेश समन्वय परिषद् पनि व्यवहारिक नभएको टिप्पणी गरे । डा. रुद्र शर्माद्वारा लिखित पुस्तक ‘नेपाल, भारत र अमेरिकामा संघीय विवाद निरुपण’ नामक पुस्तक विमोचनका लागि राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई बलियो बनाउने गरी कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्