पाल्पामा जन्ती बोकेको जीप दुर्घटना,पाँच जनाको मृत्यु


पाल्पा,१६ वैशाख । पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल भिरपानीबाट जन्ती लिएर वडा नं ७ जयमिरेतर्फ जाँदै गरेको लु१ज १९४१ नं को जीप दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक बुद्धिवल सोती, निस्दी गाउँपालिका–७ का खड्कबहादुर सोमै, देवलाल खन्गाहा, लालबहादुर सारु र सन्तबहादुर सारु रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भूपालसिंह रानाले जानकारी दिनुभयो । निस्दी गाउँपालिका– ६ र ७ को सिमानामा जन्ती बोकेको जीप दुर्घटनामा परेको हो । अहिले प्रहरी निरीक्षक रानाको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा गएको छ ।

प्रतिक्रिया दिनुहोस्