युरोपको सफल भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता


काठमाडौं,१ असार । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण पूरा गरी स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री ओली केहीबेर अघि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्नुभएको हो ।

युरोपका तीन मुलुकको भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुनुभएको हो । गत जेठ २५ गते स्वीटजरल्याण्डको जेनेभातर्फ जानुभएको प्रधानमन्त्री ओलीले त्यहा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को शतबार्षिकी समारोहमा सम्बोधन गरी बेलायत र फ्रान्सको भ्रमण गर्नुभएको थियो ।

जेनेभाबाट बेलायत पुग्नुभएका प्रधानमन्त्री ओलीले त्यहा आफ्ना समकक्षी थेरेशा मे, राजकुमार ह्यारीसहित बिशिष्ट ब्यक्तिहरुसँग भेटबार्ता गर्नुभयो । भेटबार्ताको क्रममा पहिलो पटक बेलायत, नेपाल र भारतबीच भएको त्रीपक्षीय सम्झौतालाई पुनरावलोकन गरी द्धीपक्षीय बनाउनु पर्ने नेपालको अडान प्रष्टसँग राख्नुभयो भने गोर्खाहरुको समस्या समाधानका लागि बेलायत लचक हुनुपर्ने धारणा पनि प्रधानमन्त्री ओलीले राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्