गल्ती सुधारेर अघि बढ्न सरकारलाई नेता नेपालको सुझाव


काठमाडौं, ९ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारबाट भएका गल्ती कमजोरीलाई सुधार गर्दै अघि बढ्नु पर्ने बताएका छन् । सोमबार ललितपुरमा भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको कार्यक्रममा नेता नेपालले दुईतिहाइ बहुमत पाएको कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले आफुबाट भएका गल्ती, कमजोरीलाई सुधारेर जनताको हितमा कामगर्नुपर्ने बताएका हुन् । नेता नेपालले मजदुर, किसास र सर्वसाधारण जनताले राज्यभएको अनुभव हुनेगरी दृढतापूर्वक काम गर्न वर्तमान सरकारलाई सुझाव समेत दिए । नेता नेपालले यातायात क्षेत्रको उचित व्यवस्थापन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले यात्राका लागि ट्राफिक नियमको पालना गराउने काममा पनि विशेष ध्यान दिन सरकारसँग आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्