सिरिन्ज आक्रमणकारीको बयान: रमाइलोका लागि किलाले घोच्थे


 

काठमाडौं, १३ असार । सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा पक्राउ परेको सन्तोष कार्कीले रमाईलाको लागि युवतीहरुलाई ढलान किलाले घोच्ने गरेको बयान दिएका छन् । उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता भएको प्रहरी समक्ष स्वीकार समेत गरेका छन्।

उनले प्रहरीसँगको बयानमा भनेका छन् सिरिन्ज नभई ‘रमाइलो’ का लागि शुरुमा काठको सुइरो र पछि ढलान किलोले घोचेको हो । तर उनको बयानलाई प्रहरी विश्वास गरिसकेको छैन र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी महाराजगञ्जमा होटल व्यवसाय गर्थे । राति १० बजे होटल बन्द गरेर मोटरसाइकलमा सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकापस्थित कोठामा जान्थे । घर जाने क्रममा बाटोमा एक्लै भेटिएका महिलाहरुलाई आक्रमण गर्थे ।

घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
काठमाडौं उपत्यका र बनेपामा समेत युवतीमाथि सिरिञ्ज आक्रमण भएको खबर एकपछि अर्को हुँदै फैलिएपछि महिला र युवतीहरुमा त्रास नै फैलियो ।

महिला, युवतीहरुलाई घर बाहिर समेत निस्किन डर मान्नु पर्ने अवस्था सिर्जना गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेपछि ‘सिरिन्ज’ आक्रमणको पर्दाफास भएको छ । रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एआईभीविरुद्धको एआरटी औषधि र हेपाटाइटिसविरुद्धको भ्याक्सिन दिइएको छ । आक्रणकारी पक्राउ नपर्दा पीडितहरु तनावमा थिए ।

प्रतिक्रिया दिनुहोस्