मकवानपुरमा विशालु च्याउ खाँदा १ जनाको मृत्यु, ३ बेहोस


हेटौंडा,१३ असार । मकवानपुरमा विशालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने, तीनजना बेहोस भएका छन् । जिल्लाको राक्सिराङ गाउँपालिका ७ दाराङमा तीनदिन अघि खाएको जंगली च्याउको कारण १३ वर्षकी बुञ्जीमाया चेपाङको मृत्यु भएको हो भने, उनको बुबा ४५ वर्षका दीपबहादुर, दाई १९ वर्षका बच्चालाल र भाइ ७ वर्षका बाल्टा बेहोस भएका प्रहरीले जनाएको छ ।

उनीहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्