विदेशी मुलुकको नक्कल गर्दा सरकारका काम अलोकप्रिय: नेता नेपाल


काठमाडौं, १७ असार । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका कामकारवाही अलोकप्रिय बन्दै गएको बताएका छन् । पूर्वसांसद मञ्च नेपालको १९ औं साधारणसभालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै नेता नेपालले पूर्वाधार विनाका योजना घोषणा, मनपरी नियुक्ति तथा अवकास लगायत क्रियाकलापका कारणले सरकारका कामकावार्ही अलोकप्रिय बन्दै गएको बताएका हुन् । पुर्वप्रधानमन्त्री समेत रहेको नेता नेपालले सरकारको कामकार्वाहीप्रती जनतामा असन्तुष्टि बढेकोले आफुलाई चिन्ता लागेको बताए । उनले न्युनतम पूर्वाधारविना नै विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या श्रृजना भएको टिप्पणी गरे ।

नेतृत्वले विचारमा रहेको विविधतालाई सकारात्मक रुपमा लिँदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुनसक्नुपर्ने उनले बताए । नेता नेपालले भने, ‘कुनै पनि चिजको परीक्षण व्यवहारबाटै हुन्छ । सिद्धान्तको परीक्षण व्यवहारबाट हुन्छ । व्यवहारले सही सावित गर्‍यो भने त्यो सिद्धान्त जीवनदर्शन हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्