आईफाबारे अनावश्यक हल्ला २० लाख पर्यटक भित्र्याउने योजना असफल बनाउने खेल हो: प्रधानमन्त्री ओली


काठमाडौं,२० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको बताएका छन् । शुक्रबार पार्टी कार्यलय धुम्वराईमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले आईफा आर्वड नेपालमा गर्न दिने नदिने विषय छलफलमै भएको अवस्थामा आनावश्यक हल्ला चलाएर २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन खोजेको बताएका हुन् ।

अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशनको समेत आलोचना गर्दै ओलीले थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी अर्वाड नेपालमा गर्न खोजिएको बताए ।

प्रतिक्रिया दिनुहोस्