एक प्रहरीसहित बिप्लव कार्यकर्ताको मृत्यु


काठमाडौँ, २५ असार । भोजपुरमा प्रहरी र बिप्लव कार्यकर्ताबिचको दोहोरो गोली हानाहानमा एक प्रहरीसहित बिप्लव कार्यकर्ताको मृत्यु भएको छ ।
प्रारम्भिक जानकारी अनुसार प्रहरी जवान सन्जिव राईको निधन भएको छ । जवाफी कारबाहीमा बिप्लवका ओखलढुंगा इन्चार्ज मारिएको जानकारी प्राप्त भए पनि पुष्टि हुन बाँकी रहेको छ । अन्य थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्