टी-२० विश्वकप छनोट नेपाल कतारसँग ४ विकेटले पराजित


काठमाडौं, ७ साउन । आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपाललाई गतिलो झट्का लागेको छ । पहिलो खेलमा कतारसँग अप्रत्यासित हार ब्यहोर्नुपरेको छ ।

सिंगापुरमा भएको आफ्नो पहिलो खेलमा नेपाल कतारसामु ४ विकेटले पराजित भएको हो । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले ४ बल बाँकी छदै बलमा ६ विकेट गुमाएर भेटाएको थियो । कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रन बनाए । यस्तै कम्रान खानले २२ रन जोडे । नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो । कतारविरुद्ध उत्कृष्ट सुरुवात गरेपनि नेपालले उच्च स्कोर बनाउन सकेन । पहिलो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४९ रनको कीर्तिमानी साझेदारी गरेपनि नेपालले उच्च स्कोर बनाउन असफल भयो ।

प्रतिक्रिया दिनुहोस्