पूर्वएमालेका ३ उपाध्यक्षलाई सचिवालयमा ल्याउन नेता नेपालको प्रस्ताब


काठमाडौ, १ भदौ । नेकपाका बरिष्ठ नेता माधव नेपालले तत्कालीन एमालेको वरियता अनुसार पुर्व एमालेका तीनजना उपाध्यक्षलाई सचिवालयमा ल्याउन प्रस्ताव राखेका छन् । नेता नेपालले तत्कालीन उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावललाई सचिवालयमा ल्याउन प्रस्ताव राखेका हुन् । उनिहर्रु सचिवालयमा ल्याईए वरियतामा ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलको भन्दा माथि हुनेछ । किनकी तत्कालीन एमालेमा पोखरल महासचिव र पौडेल उपमहासचिव थिए ।साबिक एमालेमा निवर्तमान पार्टी प्रमुखको हैसियतामा केपी ओलीपछि झलनाथ खनाल वरिष्ठ नेता थिए । खनालपछि नेपाल थिए । तर एमाले र माओवादी मिलेर नेकपा बनेपछि वरियताक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डपछि नेता नेपाललाई ल्याइयो ।

प्रतिक्रिया दिनुहोस्