दुर्घटना अपडेट: मृतक सबैको पहिचान


कावासोती, ७ असोज ।
नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टामा दुर्घटनामा परी मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा देवचुली नगरपालिका–१ केउरेनीका दीपक भन्ने पूर्णबहादुर विक, देवचुली–५ का दिलबहादुर ढेँगामगर, देवचुली नगरपालिका–१० का दिपेश राना, सोही स्थान घर भएका हीरा राना र कैलाली धनगढी–११ का सुरज रानामगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।

सोमबार राति १०ः१५ बजेको समयमा पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा लु १ ख ८५३२ नंको ट्रक र बा २१ च ६४०९ नंको कार एकापसमा ठोक्ँिकदा कारमा सवार पाँच जनाको मृत्यु भएको थियो ।

नवलपरासीकै मध्यबिन्दु नगरपालिका–१० मा सोमबार रातिनै दाङबाट काठमाडौँका लागि छुटेको ना ७ ख ८६ ४२ बस दुर्घटना हँुदा एक जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका छन् । यस्तै आज बिहान ४ः४० को समयमा नवलपरासीको चोरमारामा ना ४ ख ९५ १० नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिँदा सात जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्