जापानले बनाइदिएको सय वेडको भवनका लागि १५ करोडको उपकरण किन्न अनुमति


काठमाडौं, २४ मंसिर । जापानले बनाई दिएको सय वेडको भवनका लागि १५ करोडका उपकरण किन्न वीर अस्पताललाई सरकारले अनुमति दिएको छ ।

बजेटमै निकास भएको १५ करोड रुपैंयाँ नयाँ भवनमा खर्च गर्न र मिर्गौला तथा ग्यास्ट्रो सेवा तत्काल शुरु गर्न निर्देशन दिंदै मन्त्रालयले थप रकम निकासा दिने आश्वासन पनि दिएको छ ।
जापानी सहयोग नियोग (जाइका) ले बनाई दिएको भवन अलपत्र परेपछि मन्त्रालयले पहलकदमी लिएको हो ।मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले अत्याधुनिक नयाँ भवनमा गुणस्तरीय सेवा सञ्चालन गर्न १५ कारोड रुपैंयाँ खर्च गर्न अनुमति दिएको बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्