इराकबाट ३० नेपाली स्वदेश फर्किए, भन्छन्, ‘इराकमा कतिखेर के हुन्छ, टुङ्गो छैन’


काठमाडौं, २६ पुस । इराकको बग्दादस्थित अमेरिकी दूतावास परिसरभित्र कार्यरत ३० नेपालीलाई स्वदेश फर्काइएको छ ।

ग्रिज जोनभित्र रहेको दूतावासमा सुरक्षा खतरा बढेपछि अमेरिकी कम्पनीले नेपालीलाई फिर्ता पठाएको हो । अमेरिकी दूतावास र सैन्य क्याम्प (बग्दाद एम्बेसी कम्पाउन्ड) मा कामदार आपूर्ति गर्ने कम्पनीहरूले विदेशी कामदारलाई स्वदेश फकाइरहेका छन् ।

‘सुरक्षा खतरा बढेपछि कम्पनीले हामीलाई घर फर्किन इच्छुक होरहोइन सोधेको थियो, मैले तुरुन्तै नाम दिएँ’ काठमाडौं आइपुगेका सर्लाहीका तिलक परियारले भने, ‘संयोगले फिर्ता हुने सूचीमा परें ।’

परिस्थिति अनुकूल भएपछि फिर्ता बोलाउने भनिएको उनले बताए । ६ वर्षदेखि अमेरिकी दूतावास परिसरभित्र प्लम्बरको काम गरिरहेका उनका अनुसार अमेरिकी दूतावास इरानबाट मात्रै नभई इराककै विद्रोही समूहको पनि निशानामा छ ।

‘कतिखेर के हुन्छ, टुङ्गो नहुने । दूतावासले सुरक्षाका सबै उपाय अपनाएको हुँदा भित्रै बम र बारुद पड्किने त होइन, तै पनि कम्पनीले जोखिम लिन चाहेन ।’कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्