अध्यक्ष एबम प्रधान सम्पादकमा जोशी


काठमाडौं । यस पहिलो न्युज नेटवर्क प्रालिको अध्यक्ष एबम प्रधान सम्पादकमा निरोज जोशी नियुक्त हुनु भएको छ । २०५० साल देखी पत्रकारिता क्षेत्रमा सँग्लन रहनु भएका जोशी २०६२ साल सम्म प्रकाश साप्ताहिक ,सौर्य साप्ताहिक, समदृष्टी साप्ताहिक ,नेपाल मिरर राष्ट्रिय मासिक , राष्ट्रिय शकल्प मासिकमा सम्पादक हुनुहुन्थ्यो । २०६२ साल देखी २०७३ साल सम्म कानुनी क्षेत्रमा अधिवक्ता एबम परामर्शदाताको रुप रही २०७३ सालमा सौर्य राष्ट्रिय दैनिकमा महाप्रबन्धक र २०७४ साल देखी प्रकाश साप्ताहिकको प्रबन्ध निर्देशकको रुपमा कार्यरत हुनुहुन्थ्यो । यस पहिलो न्युज नेटवर्कमा जोशीको नियुक्तीले आगामी दिनमा उल्लेख्य प्रगती गर्ने अपेक्षा गरिएकोछ ।

प्रतिक्रिया दिनुहोस्