पाकिस्तानी स्वतन्त्रता दिवसमा झन्डोत्तोलन


  ३० साउन । पाकिस्तानको ७०औँ स्वतन्त्रता दिवसका अवसरमा यहाँस्थित पाकिस्तानी राजदूतावासमा पाकिस्तानी राष्ट्रिय झन्डोत्तोलन गरिएको छ ।

त्यस अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले पाकिस्तानको राष्ट्रिय झन्डा फहराए । सो अवसरमा पाकिस्तानका राष्ट्रपति ममनुन हुसेन र प्रधानमन्त्री नवाज सरिफले देशवासीका नाममा जारी गर्नुभएका शुभकामना एवम् बधाई सन्देश वाचन गरिएको थियो ।

समारोहमा कामको सिलसिलामा काठ्माण्डौँमा रहेका पाकिस्तानी नागरिक, नेपाल–पाकिस्तान मैत्री सङ्घका पदाधिकारी र दूतावासका कर्मचारीका परिवारको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्