पानीले भरिएको गुफाभित्र फसेका १२ फुटबल खेलाडीमध्ये ४ को उद्धार, ८ को उद्धारकार्य जारी


काठमाडौ, २५ असार । थाइल्याण्डमा पानीले भरिएको गुफामा फसेका १२ बच्चामध्ये चारको उद्धार गरिएको छ । बाँकी आठ बच्चा र उनीहरुका प्रशिक्षकलाई निकाल्नका लागि राहत र उद्दारकर्मी लागि परेका छन ।

यो गुफामा कूल एक प्रशिक्षकसहित १२ बच्चा फसेका थिए जसमध्ये आइतबार चार बच्चालाई सुरक्षित निकालिएको हो। राहत र उद्दार कार्यमा प्रयोग भइरहेको ट्याङ्कलाई परिवर्तन गर्नका लागि यो अभियान रातभरी रोकिएको हो ।

गुफामा पानी बढ्ने अशंकाका कारण उनीहरुलाई चाँडोभन्दा चाँडो बाहिर निकालिने कोसिस गरिँदैछ । यी बच्चाहरु गुफामा जून २३ तारिखदेखि फसिरहेका छन् ।

चियांग रायका गर्भनर नारोंगसक ओसोटानकोर्नले सोमबार बिहानैदेखि राहत र उद्दारको कार्य सुचारु गर्नका लागि आइतबार सबै एयर ट्याङ्कको व्यवस्था मिलाइएको जानकारी दिए ।
बाँकी बच्चालाई पनि निकाल्ने तयारी भइसकेको छ । गोताखोरले बच्चालाई अँध्यारोमा पानीसँग कसरी सामना गर्ने भन्ने बारे जानकारी दिइरहेका छन् ।

पानी रोकिएकाले राहत–उद्दारकर्मी मिशन सफल हुने कुरामा आशावादी छन् । पहिलो चरणको अभियानमा पनि युद्धस्तरमा सर–सामानलाई गन्तव्यसम्म पुर्याइएको थियो ।boys who trapped in cave

प्रतिक्रिया दिनुहोस्