कांग्रेस–माओवादीलाई ओलीको जवाफ–‘हचुवाका भरमा संविधान संशोधन हुँदैन’


१५ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विषयमा कांग्रेस–माओवादीसँग छलफल नभएको दाबी गरेका छन् । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले समेत संविधान संशोधनका विषयमा एमालेसँग सकारात्मक छलफल भएको दाबी गरिरहेका बेलो ओलीले यस्तो जवाफ दिएका हुन् ।

‘संविधान संशोधनका विषयमा अहिलेसम्म एमालेसँग कसैले पनि छलफल र परामर्श गरेका छैनन्,’ कांग्रेस–माओवादीप्रति संकेत गर्दै सोमबार रिपोर्टर्स क्लब नेपालको देउसी–भैलो टोलीसँग ओलीले भने, ‘सत्तापक्ष र मधेशी मोर्चाबीच संविधान संशोधनबारे सहमति भएको कुरा बाहिर आएपनि एमालेसँग यसबारे अहिलेसम्म कुनै छलफल तथा परामर्श भएको छैन ।’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अरु को–को सँग के–के भए भन्नेबारेमा एमालेलाई  जानकारी लिन त्यति जरुरी नभएको पनि दाबी गरे ।

उनले कसैले संशोधनको विषयमा परामर्श गरे एमाले छलफल गर्न तयार रहेको पनि बताए । उनले देश र जनताको हित हुने कुरामा मात्रै संविधान संशोधन हुने समेत बताए । ‘एमाले प्रष्ट छ तर हचुवाको भरमा संविधान संशोधन हुन सक्दैन,’ ओलीले भने ।  ओलीले भारततिर संकेत गर्दै भने– ‘अनेक प्रकारका ईन्जेक्सनहरु अब प्रयोग हुँदैनन्, हाम्रा हात पाखुरा र नशाहरुमा यो विषाक्त इन्जेक्सन हान्न दिँदैनौ ।’

ओलीले नेपालको गौरवपूर्ण इतिहासलाई प्रतिगामी बनाउँने प्रयास भैरहेको भन्दै उनले विजुलीको कथासमेत जोडे । ‘मान्छेहरु आज विजुलीको जमानामा जिुली बाल्न छोडेर, हाम्रो संस्कार त्यो हो भन्दै टुकी नै बाल्न खोजिरहेका छन्,’ उनले भने ।

राजतन्त्र फर्किनेवाला छैन

ओलीले समय सकिएको राजतन्त्रलाई भारतबाट आएका केही जोगीले महाराजाधिराज, फेरि राजतन्त्र फर्किनुपर्यो, फेरि आशनमा फर्किनुपर्यो भन्दा संभव नहुने पनि बताए ।  ‘भारतबाट आएका जोगीहरुले हामी साथमा छौं भनेर उल्क्याउने काम गरिरहेका छन् । जनताले फ्याँके, भारतबाट जोगीहरु आएर राजतन्त्र राख्न,’ उनले भने

प्रतिक्रिया दिनुहोस्