सुरक्षा निकायलाई निर्वाचनका लागि तयारी अवस्थामा रहन प्रचण्डको निर्देशन


१३ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुरक्षा निकायलाई निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।  सशस्त्र प्रहरी बल तालिम महाविद्यालय, लामापाटन, पोखरामा संचालित  सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

‘मुलुकमा नयाँ संविधान जारी भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा निकट भविष्यमा घोषणा हुने विभिन्न स्थानीय तह, प्रदेश र संघीय निर्वाचनहरुको लागि तयारी अवस्थामा रहन सम्पूर्ण सशस्त्र प्रहरी राष्ट्र सेवकहरुलाई निर्देशन गर्दछु,’ उले भने, ‘यसका साथै मुलुकमा दाहोरिरहने विपदका घटनाबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरणको सन्दर्भमा तत्काल खोज, उद्धार र राहत दिने कार्यमा समेत सदा तयारी अवस्थामा रहन म सकल दर्जालाई निर्देशित गर्न चाहन्छु ।’ उनले अत्यन्त अनुशासित, मेहेनती, उच्च नैतिक चरित्रवान् एवं लगनशील भई राष्ट्रसेवामा खटिन नव दीक्षित सशस्त्र प्रहरी निरीक्षकहरुलाई आग्रहसमेत गरे ।

त्यसैगरी उनले नवदिक्षित अधिकृतहरुबाट सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको चामत्कारिक विकास सँग–सँगै हालको सुरक्षा क्षेत्रमा देखिएका नयाँ चुनौतीहरुको सामनामा खरो उत्रिन पनि आग्रह गरे ।  ‘मुलुकमा शान्ति सुरक्षा कायम र विपद व्यवस्थापन गर्ने कार्यमा सशस्त्र प्रहरी बलले खेलेको भूमिका एवं देखाएको तत्परता प्रशंसनीय रही आएको छ,’ उनले भने, ‘स्थापनाकालदेखि नै यस बलले व्यवसायिक कौशलता प्रदर्शन गर्दै आम नागरिकको सेवा सुरक्षा एवं बिनासकारी भूकम्प लगायतका विपदाको समयमा उद्धारमा खेलेको महत्वपूर्ण भूमिकाको सांच्चै नै सह्रानीय छ ।’

उनले  दिनहरुमा समेत विगतभन्दा अझ बढी सृजनशील एवं प्रभावकारी रणनैतिक योजनाका साथ देशमा शान्ति सुव्यवस्था एवं अमन चयन कायम राख्न सदैव क्रियाशील रहन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्