कोशी नदीमा ट्रक खस्दा दुईको ज्यान गयो, ६ जनाको उद्धार


सुनसरी, ६ असार । कोशी नदीमा जेसिबी बोकेको ट्रक खस्दा दुईजनाको ज्यान गएको छ । कोशी ब्यारेजको १९–२० नम्बरको ढोका नजिकै बाट लोड बढी भएका कारण ट्रक पुलबाट खसेको हो ।
प्रहरीले ट्रक खसेको स्थानबाट दुईवटा शव फेला परेको छ भने ६ को उद्धार गरेको छ ।

ब्यारेजको १९–२० नम्बरको ढोका नजिक ठूलो खाडलको कारण ट्रक पल्टिएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा ब्यारेज मर्मतको लागी खटिएका कर्मचारी समेत परेका छन् ।

प्रतिक्रिया दिनुहोस्