ओखलढुंगा र रसुवामा भएको छुट्टाछुट्टै दुर्घटनामा चार को ज्यान गयो, पाँच गम्भिर


काठमाडौ, २० असार । ओखलढुङ्गामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधवार विहान सुनकोसी गाउँपालिकाको मूलखर्क भन्ने स्थानवाट ओखलढुङ्गाको सदरमुकामका लागि छुटेको बा १५ च ८८४३ नम्बरको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था गम्भिर रहेको छ। दुर्घटना भएको जीप सडकवाट करीब ३ सय मिटर तल खसेको सुनकोशी गाउँपालिकाका प्रमुख रुद्र प्रसाद अधिकारीले जानकारी दिए। घाईतेहरुको उद्धार गरि उपचारका लागि ओखलढुङ्गा अस्पताल तर्फ पठाईएको पनि जानकारी दिए। मृतक एकको घटनास्थलमा नै र एक जनाको उपचारका लागि ओखलढुङ्गा तर्फ ल्याईदै गर्दा बाटैमा मृत्यु भएको बताईएको छ। दुर्घटनामा परि घाईते भएका तिनैजनालाई उपचारका लागि सामुदायीक अस्पताल सोब्रुमा ल्याईएको छ। घाईते तिनैजनाको अवस्था गम्भिर रहेको छ। घटनामा परि मृत्यु भएकाको सनाखत हुन सकेको छैन।
यसैबीच उत्तरी रसुवाको सिम्बु क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा गएराति घटनास्थलमै दुईजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला घर भएका अन्दाजी ४५ वर्षीय शिवगञ्ज राजवंशी र दाङ जिल्ला घर भएका अन्दाजी २४ वर्षीय विकास घर्तीमगर रहेका छन् । सो दुर्घटनाबाट घाइते हुनेमा नवलपरासी जिल्ला घर भएका गौतम अर्याल र सुनसरीको धरान घर भएका अन्दाजी २२ वर्षीय जीवन राई रहेका छन् ।

उनीहरुलाई उपचारार्थ काठमाडौ पठाइएको छ । घाइतेको टाउको, खुट्टा र हातमा बढी चोट लागेको बताइएको छ । निर्माणाधीन साञ्जेन जलविद्युत् आयोजनाको ठेकेदार कम्पनीअन्तर्गत राजवंशी डोजर अपरेटर र घर्तीमगर कामदारको प्राथमिक उपचार गर्ने स्वास्थ्य सहायक भएको प्रहरीले जनाएको छ ।

आमाछोदिम्मो गाउँपालिका–५ मा भएको सो दुर्घटनामा बा १७ च ५३४५ नंको बोलेरो जिपका चालक धादिङ घर भएका अन्दाजी २४ वर्षीय प्रकाश तामाङ फरार रहेकाले उनको खोजीकार्य जारी राख्दै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्