केसीको समर्थनमा वीर अस्पतालको औषधि पसल बन्द


काठमाडौ, ३२ असार । डा. गोबिन्द केसीको मागका समर्थनमा वीर अस्पताललगायतका सरकारी अस्पतालका औषधी पसल बन्द हुँदा बिरामीहरु मारमा परेका छन् । औषधी पसल संचालक लगायतका कतिपय स्वास्थ्यकर्मीहरु आफ्नो पेशागत धर्म र आचारसंहिताबिपरित पेशै छाडेर केसीको मागको समर्थनमा सडकमा उत्रिएका हुन् । यस्तो गतिविधिलाई बिरामी र तिनका आफन्तजनले अराजकताको पराकाष्ट भन्दै आलोचना गरिरहेका छन् ।
उता, बिरामीको जीवनमाथि खेलवाड गर्दै सरकारी अस्पताल हाताभित्र संचालित औषधि पसलहरु बन्द गरिदाँ अस्पताल आसपास खुलेका निजी औषधी पसल संचालकहरु भने मालामाल भएका छन् । डाक्टहरुले सिफारिश गरेको औषधि बिक्री गर्दा आउने रकम उनीहरुलाई नै कमिशन दिनुपरिरहेको निजी औषधी पसलका संचालकहरु बताउँछन् । ‘उनीहरु पेशागत धर्म र नैतिकताविपरित आन्दोलनमा उत्रिदाँ हामीलाई त फाइदै भएको छ, वीर अस्पताल नजिकैका एक निजी औषधी पसलका संचालक भन्छन्,‘तर के गर्नु जति बिक्री भए पनि हामीले तिनैलाई कमिशन बुझाउनु परिहाल्छ ।’
सरकारी अस्पताल बीर अस्पताल, शिक्षण अस्पताल लगायतमा लगातार ३ /४ दिनदेखि सरकारी औषधि पसल बन्द छन ।

बीर अस्पताल छेउका निजी औषधि पसलहरुमा सर्वसाधरण औषधि किन्दै 

medicine1 medicine2 niji pasal

प्रतिक्रिया दिनुहोस्