अडिटर्स एसोसिएसनमा रेग्मी अध्यक्ष निर्वाचित


जेठ २३ । दर्तावाला लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एसोसिएसन (अडान) को अध्यक्षमा मोहनराज रेग्मी पुन: निर्वाचित भएका छन् । हिजो सम्पन्न निर्वाचानमा प्रतिष्पर्धी मोहन सुबेदीलाई हराउँदै उनी निर्वाचित भएका हुन् । यसअघि पनि उनले अडानको अध्यक्षको पद सम्हालिसकेका थिए ।

प्रथम उपाध्यक्ष पदमा कृष्ण पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।

अडानको उपाध्यक्षमा सुर्यप्रसाद अधिकारी निर्वाचित भएका छन् भने महासचिवमा डिपी दाहाल निर्वाचित भएका छन् ।

अडानको महाधिबेशन आज सम्पन्न हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्