भारतीय ट्रकबाट यसरी हुन्छ चरेस तस्करी !


काठमाडौ्, १० असार । भारतीय नम्बर प्लेटको मालबाहक ट्रकमा चरेस तस्करी गर्ने एक जना पक्राउ परेका छन । फल्स बटम बनाएर चरेश तस्करी गर्ने मेराज आलम पक्राउ परेका हुन ।
शनिवार बिहान काठमाडौंको कलंकीबाट पक्राउ परेका आलमको साथबाट लागु औषध नियन्त्रण ब्युराले २१३ किलो चरेश र साढे २ किलो अफिम बरामद गरेको ब्युरोका प्रमुख डिआईजी ठूले राईले जानकारी दिएका छन् । भारतीय ‘डब्लु बि २३ बि५८८५’ नम्बरको ट्रक आफैं चलाएर काठमाडौं आईपुगेका भारत मोतिहारी जिल्ला मोखिलिशपुर–९ स्थायी घर भएका आलम चरेश तस्करी समूहको महत्वपूर्ण सदस्य हुनसक्ने बताईएको छ ।
ब्युरोको लामो निगरानी पछि ठुलो परिणामको चरेशसहित पक्राउ परेका आलमले मकै लोड गरिएको ट्रकमा फल्सबटम बनाएर चरेश ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्