उपकुलपति कोइराला कांग्रेस नेताको हैसियमा उत्रिएः शिक्षाअध्यक्ष भट्टराई


काठमाडौ, २८  असार । संस्कृत विश्वविद्यालयका शिक्षाअध्यक्ष रमेश प्रसाद भट्टराईले उपकुलपतिले क्यानडा जाने क्रममा विश्वविद्यालयको नियम उलंघन गरेको बताएका छन । उनले आर्थिक प्रशासनसम्वन्धि नियमलाई उलंघन गर्दै सम्बन्धित निकायको पूर्व स्वीकृति लिनुपर्नेमा नलिइकन चोरबाटो जान खोजेकाले समस्या उत्पन्न भएको बताएका हुन । उनले भने ”क्यानडा जाने सन्दर्भमा उहाँले त्यो नियमको गम्भीर उल्लङ्घन गर्नुभएको छ । त्यति मात्र होइन उहाँको भ्रमणका सन्दर्भमा जहाँबाट टिप्पणी उठ्नु पर्ने थियो, छलफल हुनुपर्ने थियो त्यो उहाँले गर्नुभएन । त्यति मात्र होइन उहाँले रेक्टर रजिष्ट्रारसँग पनि त्यो सन्दर्भमा छलफल गर्नुभएन ।” भट्टराईले उपकुलपतिको तीन वर्षे कार्यकाल भदौमा पुरा हुने भन्दै आफ्नो पदावदी सकिने बेलामा विश्वविद्यालयको ऐन–नियम विपरीत धेरै काम गरेको आरोप लगाए ।
उपकुलपति कोइराला नेपाली कांग्रेस निटक प्राध्यापक संघको सभापति भएकाले पदीय मर्यादालाई समेत ख्याल नगरी कांग्रेसको नेताको हैसियतमा काम गरेको दावी गरे । उनले कांग्रेसले त्यहि विषयलाई लिएर गरेको राजनीति झन घीनलाग्दो भएको पोहिलो न्युजलाई बताए । भट्टराईले भने ”उपकुलपतिज्युको शैली नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिको जस्तो होइन संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सांसद्को जस्तो देखिएको छ । त्यसैले विश्वविद्यालयलाई अति राजनीतिकरणको थलो नबनाउने हो भने उहाँको शैली परिवर्तन गर्न आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्