देउवा सरकारले गरेको राजनीतिक नियुक्ति पाएका दर्जनौँको जागिर जाने


काठमाडौ, २१ असार । सरकारले राजनीतिक नियुक्ति पाएका दर्जनौंको जागिर जाने जनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता मिचेर गरिएका नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै उनीहरुको नियुक्ति खारेज हुने भएको हो । आउने भदौबाट राजनीतिक नियुक्ति पाएका विभिन्न मन्त्रालय अन्तगर्तका विभिन्न प्राधिकरण, संस्थान परिषद्, बोर्ड समिति, कम्पनी वैक वा अन्य संस्थामा भएका सवै नियुक्ती खारेज भएको मन्त्रीपरिषद्को निर्णयमा छ ।

वाम गठबन्धनले बहुमत हासिल गरेपछि पनि कामचलाउ बनेको देउवा नेतृत्वको सरकारले अन्धाधुन्ध राजनीतिक नियुक्ति गरेको थियो । देशभरका नगर विकास समितिका अध्यक्षहरु र राष्ट्रिय युवा परिषदका अध्यक्षहरुको नियुक्ति पनि देउवा सरकारले यहीबीचमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्