सिटौलालाई पछार्न देउवा पौडेल गठबन्धन !


काठमाडौ, २५ असार । कांग्रेसनिकट मजदूर संगठन नेपाल ट्रेड युनियनको निर्वाचनमा सभापति शेरबहादुर देउवा समूह नराम्ररी पछारिएको थियो । बहुमत सीट नेता कृष्णप्रसाद सिटौला पक्षधर र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले जितेपछि सभापति देउवा पक्ष रुनु न हाँस्नुको अवस्थामा पुगेको थियो । हुन पनि पछिल्ला दिनमा जति वटा संगठनमा निर्वाचन भए त्यतिवटैमा देउवा प्यानल नराम्रोसँग हार्दै आएको थियो । यो पीडामा मल्हम लगाउने खोजीमा थिए सभापति शेरबहादुर देउवा । अहिले त्यही खोजी गर्ने क्रममा देउवाको समूहले रामचन्द्र पौडेलको समुहलाई फकाएको छ । अर्थात यस अगाडि शिक्षक संघ र इन्जिनियरिङ संगठनमा पौडेल समुहसँग पराजित देउवाले मजदुर संगठनमा पौडेललाई फकाएका छन र पुरानो समीकरण भत्काएका छन । साँघु साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्