केसीको मागमा हाम्रो समर्थन जारी रहन्छ: देउवा


काठमाडौ, ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राणा र पञ्चायतविरुद्ध लडेका आफुहरु कम्युनिस्टविरुद्ध लड्न तयार रहेको बताएका छन् । ३६ औँ वीपी स्मृति दिवसका अवसरमा आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको कार्यक्रममा देउवाले सरकार एकदलीय सर्वसत्तावाद लाद्न खोजिरहेको दावी गर्दै त्यसविरुद्ध लड्न आफूहरू तयार रहेको बताए।
राणा शासन र पञ्चायती व्यवस्थाविरुद्ध लडेका हामीहरू कम्युनिस्टसँग लड्न परे लड्छौँ पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले भने।

शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार मानिसको नैसर्गिक अधिकार भएकोमा वर्तमान सरकारले निषेधित क्षेत्रहरू तोकेर मानिसको विरोध गर्न पाउने अधिकार हनन गरेको उनले बताए।

”वीपी भन्नुहुन्थ्यो कम्युनिस्टहरू प्रजातन्त्रवादी हुँदैनन्, उहाँले पहिला नै कम्युनिस्टहरूलाई चिन्नुभएको रहेछ, हामी बल्ल चिन्दैछौ, सभापति देउवाले भने, यो मानअधिकारविरोधी सरकार हो, निरंकुशता र एकदलीय सर्वसत्तावाद लाद्न खोजिरहेको छ।”

सुशील कोइराला प्रधानमन्त्री छँदा गठित माथेमा कार्यदलले बनाएको प्रतिवेदनअनुसार स्वास्थ्य शिक्षा विधेयक ल्याउनुपर्नेमा सरकारले आफूअनुकूल अध्यादेश ल्याएको बताए। गोविन्द केसीका माग जायज माग हो हाम्रो समर्थन छ र जारी रहन्छ केसीलाई भगवानका लागि बचाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्