देउवाद्धारा शोक व्यक्त


काठमाडौ, ३ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ धारापानीमा बुधबार जीप दुर्घटना हुँदा सातजनाको मृत्यु र चार जना घाइते भएकामा गहिरो दुःख व्यक्त गरेका छन ।
सभापति देउवाले बिहीवार एक शोक विज्ञप्ति प्रकाशित गरी सवारी दुर्घटना तथा पहिरोमा परी मृत्यु हुनु भएकाहरुप्रति दुःख व्यक्त गर्दै उहाँहरुको आत्माको चीर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
बाग्लुङको गल्कोट नपा–११ रिघा भाुलपाइलेस्थित रइले खोलानजिक जीप दुर्घटना हुँदा नेपाल पत्रकार महासंघका पूर्वमहासचिवसहित १४ जना घाइते भएका थिए । गए राति परेको अविरल वर्षाका कारण पर्वतको जलजला गापा–८ लिस्तीमा पहिरोमा पुरी एक जनाको मृत्यु भएको थियो ।
साथै, सभापति देउवाले उक्त घटनाहरुमा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्