टाउकोमा सेतो फेटा बाधेर धान रोप्न पुगे कृषि मन्त्री खनाल


काठमाडौ, १५ असार । कृषिमन्त्री चक्रपाणि खनाल बलदेव धान दिवसको अवसरमा कपिलवस्तुको तिलौराकोटमा धान रोपाईंमा सहभागी भएका छन । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट दरवारको पूर्वी गेटतर्फ रोपाइँ महोत्सव आयोजना गरिएको थियो । मन्त्री खनालले त्यहाँ आफ्ना सहयोगीहरुसहित हातमा धानका बेर्ना लिएर पुगेका थिए । मन्त्री खनालले धान मात्रै होइन हिलाम्मे खेत पनि केहीबेर जोते ।
फरक हुलियामा देखिएका मन्त्रीको टाउकोमा सेतो फेटा, फेटाभित्र धानको बीउ घुसारेको, निधारमा दशैंको टीका लगाएजस्तै हिलोको टीका लगाएर रोपारसँगै धान रोपेका थिए ।

ropai_00_11_

प्रतिक्रिया दिनुहोस्