मेयर सुब्बाको निधन


काठमाडौ, १ साउन । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।

दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो । मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो ।

सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्