चार जिल्ला समन्वय समितिद्धारा ११ बुदे घोषणा जारी


दोलखा, २७ असार । चार जिल्ला समन्वय समितीको कार्यशाला गोष्ठीले ११ बुदे घोषणा जारी गरेको ।
जिल्ला समन्वय समिति दोलखा, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली गरी तीन नम्बर प्रदेशका चार जिल्लाको समन्वय समितिका पदाधिकारी तथा समन्वय अधिकारीको सहभागितामा बाल अधिकार तथा बालसंरक्षणको क्षेत्रमा जिल्ला समन्वय समितिको भूमिका विषयक कार्यशाला गोष्ठीले ११ बुदे घोषणा जारी गरेको हो । घोषणामा भनिएको छ ”बाल अधिकार तथा बाल संरक्षणका कार्यलाई प्राथमिकतापूर्वक अगाडि बढाउन जिल्ला समन्वय समितिका सदस्यको संयोजकत्वमा अनुगमन तथा समन्वय संयन्त्र गठन गरी बाल संरक्षणात्मक कार्यालाई प्रभावकारी तुल्याउने ।”
यस्तै स्थानीय सरकार संचालन ऐनसँग बाझिएका कानून संशोधन गरी संघीयता अनुकूल बनाउन संघीय एवं प्रदेश सरकारलाई अनुरोध गर्ने कार्यशाला गोष्ठीमा निर्णय भएको छ ।
जिल्लाका सबै पालिकाहरुलाई सन्तुलित विकासमा समन्वय गरी समानुपातिक वितरणका लागि तत्काल नीतिगत निर्देशनका लागि संघीय सरकारसँग अनुरोध गर्ने जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्