इग्ल्याण्डलाई हराउँदै बेल्जियम तेस्रो हुन सफल


काठमाडौ, ३१ असार । २१ औँ संस्करणको विश्वकपमा बेल्जियमले तेस्रो स्थान हात पार्न सफल भएको छ । रसियाको सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराउँदै बेल्जियमले उपाधि कब्जा गरेको हो । विश्वकप इतिहासमा बेल्जियमको यो सबैभन्दा ठूलो उपलब्धी हो । यसअघि सन १९८६ को विश्वकपमा बेल्जियम चौथो भएको थियो । इंग्ल्याण्ड भने फेरि एक पटक चौथो भयो । सन १९६६ को विश्व विजेता इंग्ल्याण्डले सन् १९९० को विश्वकपमा पनि इटलीबिरुद्ध तेस्रो स्थानको प्लेअफ खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्