दुई सयले गराए निशुल्क आँखा परिक्षण


काठमाडौ, ३१ असार । लापिलाङ सामाजिक सेवा समितिले राजधानीमा भएका आफ्ना सदस्यहरुलाई लक्षित गरि एक दिने निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । दोलखाको कालिञ्चोक गाउँपालिका मुख्य कार्यक्षेत्र रहेको उक्त संस्थाले सञ्चालन गरेको शिविरमा दुई सय सदस्यले सेवा लिएका छन । जिल्लाबाट काठमाडौमा आएर विभिन्न पेशा गरेर बसेका सदस्यलाई निशुल्क आँखा जाँच, चस्मा वितरण, औषधि वितरण र निशुल्क डायविटिज पनि परिक्षण गरिएको संस्थाका अध्यक्ष विवेक कुमार खड्काले जानकारी दिए । शिविरमा पूर्वमन्त्री आनान्दप्रसाद पोखरेल, प्रदेश नम्बर ३ का सांसद पशुपति चौलागाई, राष्ट्रिय योजना आयोगका सदस्य श्याम बस्नेत लगाएतको उपस्थिति थियो ।

eye2

प्रतिक्रिया दिनुहोस्