आफ्नै रेकर्ड तोड्दै डाक्टर गोविन्द केसीको अनसन आज २४ औँ दिन


काठमाडौ, ७ साउन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा.गोविन्द केसीको अनसन आज २४ दिन पुगेको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १५ औँ पटक अनसन सुरु गरेको सोमवार २४ दिन पुगेको हो ।

यो बीचमा सरकारी वार्ता टोली र केसीपक्षबीच २ पटक वार्ता भए पनि सहमतिको ढोका खुल्नै सकेको छैन् ।

केसीको १५ औँ अनसन अहिलेसम्मकै लामो हो । यसअघि तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा २३ दिन लामो अनसन बसेका थिए ।

केसीको अनसन २४ दिन हुँदा समेत सहमतिका लागि ठोस वार्ता र संबाद हुन सकेको छैन ।

लामो समयदेखि अनसनमा बसेको डा.केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको डा.केसीका भाइ किशोर केसीले बताए ।
डा.केसीका प्रतिनिधि डाक्टर अभिषेकराज सिंहले सरकारी पक्षबाट वार्ताका लागि कुनै पहल नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्